यसरी फेरियो सिजाङको मुहार

यसरी फेरियो सिजाङको मुहार

-झाङ हुई

सेप्टेम्बर १, १९६५ मा चीनको सिजाङ स्वायत्त क्षेत्रको पहिलो जन कांग्रेसको पहिलो सत्र ल्हासामा आयोजना गरिएको थियो । बैठकमा प्रतिनिधिहरूले सिजाङका लागि भविष्यका विकास लक्ष्यहरूबारे छलफल र रूपरेखा प्रस्तुत गरे । सिजाङ स्वायत्त क्षेत्रको जनसरकार स्थापनापछि क्षेत्रीय जातीय स्वायत्तताको प्रक्रिया थालियो । सिजाङको इतिहासमा पहिलो पटक, जनताद्वारा निर्वाचित सरकार गठन गरियो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको नेतृत्वमा सन् १९६५ मा सिजाङ स्वायत्त क्षेत्रको स्थापना क्षेत्रीय जातीय स्वायत्तताको प्रणालीको सफल अभ्यास थियो । जसले सिजाङका सबै जातीय समूहका मानिसलाई आफ्नो मामिलाको मालिक बन्ने अधिकारको सुनिश्चितता दियो । संविधान र क्षेत्रीय जातीय स्वायत्तता सम्बन्धी कानून अनुसार, सिजाङका सबै जातीय समूहका मानिसले कानूनबमोजिम व्यापक राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारहरू उपभोग गर्दै आएका छन् । 

आफ्नै क्षेत्र र जातीय समूहहरूको आन्तरिक मामिला स्वतन्त्र रूपमा व्यवस्थापन गर्न सक्षम छन् । मुलुक र समाजका साँच्चै मालिक बनेका छन् । यो प्रणालीले इतिहासबाट बाँकी रहेका जातीय समस्यालाई समाधान गर्दै सिजाङको स्थिर विकासका लागि ठोस संस्थागत ग्यारेन्टी प्रदान गरेको छ । जातीय समस्याहरूको सामना गर्न चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको वैज्ञानिक प्रकृति र श्रेष्ठता प्रदर्शन हुँदै आएको छ ।

सिजाङ प्राचीनकालदेखि नै चीनको एक अविभाज्य अंग हो । सिजाङ स्वायत्त क्षेत्र सरकारको स्थापनाले सिजाङमाथि देशको सार्वभौमिकतालाई अझ सुदृढ बनाएको छ र मातृभूमिको ठूलो अंगालोमा सिजाङको स्थिति स्पष्ट छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सिजाङका सबै जातीय समूहका मानिसले राष्ट्रिय एकतालाई दृढतापूर्वक सँधै कायम राखेका छन् । पृथकतावादको दृढतापूर्वक विरोधमा सबै जातीय समूहहरू एकताबद्ध छन् । उनीहरुले एकअर्कालाई सहयोग गरेको पाइन्छ ।

स्वायत्त क्षेत्रको स्थापनाले सिजाङका सबै जातीय समूहका मानिसहरूको भाग्यलाई देशको भाग्यसँग नजिकबाट जोडेको छ । जातीय समूहहरूबीच आदानप्रदान र एकीकरणलाई प्रवद्र्धन गरेको छ । मुलुक र चिनियाँ समुदायको भावनालाई बढाएको छ । राष्ट्रिय एकता र सीमा स्थिरता कायम राख्न ठोस वैचारिक र सामाजिक जग बसाएको छ ।

सिजाङका सबै जातीय समूहका मानिसका लागि, उक्त स्वायत्त क्षेत्रको जनसरकारको स्थापनाले अभूतपूर्व र रूपान्तरणकारी संस्थागत सुधारको संकेत गरेको छ । यसले सिजाङमा क्षेत्रीय जातीय स्वायत्ततालाई अगाडि बढाउन र कार्यान्वयन गर्न, व्यापक, जनकेन्द्रित शासन प्रणाली स्थापना गर्न र विभिन्न अधिकारहरूको सुरक्षाका लागि ठोस संस्थागत जग बसाल्नको लागि नयाँ युगको सुरुवात गरेको छ । सुधारका यी माध्यमबाट सिजाङबासीहरु ‘शासित’ उत्पीडित भूदासहरूबाट ‘आफ्नो भाग्यका मालिक’ नागरिकमा रूपान्तरण भएका हुन् । यसलाई चीनमा मानव अधिकारको विकासमा एक ऐतिहासिक क्षणको रुपमा लिइन्छ ।

सिजाङ स्वायत्त क्षेत्रको स्थापनादेखि क्षेत्रीय जातीय स्वायत्तताको प्रणाली व्यापक रूपमा कार्यान्वयनमा आएको छ । मार्च २०२५ मा राज्य परिषद् सूचना कार्यालयले जारी गरेको ‘नयाँ युगमा सिजाङमा मानव अधिकार’ श्वेतपत्र अनुसार यो प्रणालीले सिजाङका सबै जातीय समूहका मानिसले स्थानीय र जातीय मामिला स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने आफ्नो अधिकार पूर्ण रूपमा प्रयोग गर्नसक्ने कुरालाई सुनिश्चित गरेको छ ।

क्षेत्रीय जातीय स्वायत्तता सम्बन्धी कानून अनुसार, सिजाङ स्वायत्त क्षेत्रको जन कांग्रेसको स्थायी समितिका अध्यक्ष वा उपाध्यक्षको पद ग्रहण गर्नेमा तिब्बती जातीय समूहका नागरिक नै हुन्छन् । सो क्षेत्रको गभर्नरको पदको अवसर पनि तिब्बती जातीय समूहका नागरिकहरूले नै पाउँछन् । हाल, उक्त स्वायत्त क्षेत्रमा २६ प्रान्तीय÷मन्त्रीस्तरीय स्तरका अधिकारीहरू र ५१२ प्रान्तीय/महानिर्देशक–महानिर्देशक स्तरका अधिकारीहरू जातीय अल्पसंख्यकहरूबाट प्रतिनिधित्व गर्छन् । प्रान्त र काउन्टीस्तरमा पार्टी र सरकार प्रमुखहरूको उल्लेखनीय संख्या जातीय अल्पसंख्यक समूहहरूको हुने गरेको छ । टाउनशिपस्तरमा पार्टी र सरकारको नेतृत्व गर्ने समूहहरूमा ५७.१७ प्रतिशत अधिकारीहरू जातीय अल्पसंख्यकका छन् ।

स्वायत्त क्षेत्रको सिर्जनाले राजनीतिक अधिकारहरूलाई पनि दृढतापूर्वक सुरक्षित गरेको छ । यसमा विशेषगरी मतदान गर्ने, चुनावमा उभिने र लोकतान्त्रिक निर्णय लिने तथा परामर्शमा भाग लिने अधिकारहरू समावेश छन् । २०२५ सम्म सिजाङमा विभिन्न तहका राष्ट्रिय जन कांग्रेसमा ४२ हजार १५३ प्रतिनिधि छन् । जसमा तिब्बती र अन्य जातीय अल्पसंख्यकहरू ८९.२ प्रतिशत छन् । प्रतिस्पर्धात्मक लोकतन्त्रिक प्रणालीले पनि यस क्षेत्रमा जरा गाडेको छ । यो चीनको समग्र–प्रक्रिया जनताको लोकतन्त्रको एक आवश्यक घटक बनेको छ । यसले ऐतिहासिक विकास र देशको विशिष्ट अवस्था दुवैलाई प्रतिबिम्बित गर्छ ।

यसका साथै, पूर्व–स्वायत्तता युगको तुलनामा सिजाङमा सांस्कृतिक विकास फस्टाएको छ। परम्परागत जातीय संस्कृति प्रभावकारी रूपमा संरक्षित र प्रसारित भइरहेको छ, जबकि शिक्षा र स्वास्थ्य सेवा प्रणालीहरूले ऐतिहासिक अविकसिततालाई पार गर्दै महत्त्वपूर्ण आधुनिकीकरण गरेका छन्।

पछिल्ला छ दशकमा, सिजाङले पार्टीका जातीय नीतिहरूलाई जोडदार रूपमा कार्यान्वयन गरेको छ । जातीय एकतामा शिक्षालाई प्रवद्र्धन गरेको छ, भने सबै चिनियाँ जातीय समूहहरूमा समुदायको बलियो भावनालाई कसिलो बनाएको छ । अन्तरजातीय आदानप्रदान र एकीकरण गहिरो भएको छ । यसले समानता, एकता, पारस्परिक सहयोग र सद्भावद्वारा विशेषता भएको नयाँ समाजवादी जातीय सम्बन्धको उदय भएको छ ।

ऐतिहासिक सन्दर्भमा हेर्दा, सिजाङ स्वायत्त क्षेत्रको स्थापना एक ऐतिहासिक उपलब्धि हो—सीपीसीको दूरदर्शी नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवादको शक्तिको प्रमाण । यसको दूरगामी महत्व आज पनि जारी छ, किनकी सिजाङको विकास र प्रगतिले राष्ट्रिय नीतिहरूको प्रभावकारिता र चीनको समाजवादी प्रणालीका संस्थागत फाइदाहरूलाई स्पष्ट रूपमा चित्रण गर्छ ।

(सिजिटिएनका लागि समसामयिक मामिलाका विशेष टिप्पणीकार झाङ हुई, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको चिनियाँ सीमावर्ती अध्ययन संस्थानमा सहायक अनुसन्धान फेलो हुन् ।)

टिप्पणीहरू