एमसीसी उपप्रमुख दिनहुँ सिंहदरबारमा
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का कार्यवाहक उपाध्यक्ष जोन विङगलले भेटवार्ता गरेका छन् । उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज बिहान पौने ११ बजेदेखि झण्डै ४५ मीनेट कुराकानी गरेको बताइन्छ ।
उपाध्यक्ष जोनले हिजो बिहान सिंहदरबार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वनमन्त्री ऐनबहादुर शाहीलाई छुट्टाछुट्टै भेटेका थिए ।
दिउँसो उनको उपस्थितिमा एमसीए नेपालले प्रशारण लाइनसम्बन्धी दुई वटा सम्झौतामा हस्ताक्षर गरेको थियो । एमसीए नेपालले आफ्नो कार्यकाल तीन वर्ष मात्रै बाँकी रहेको अवस्थामा साढे तीन वर्षको सम्झौता गरेकोमा भएको आलोचनाबारे केही प्रतिक्रिया जनाएको छैन ।
टिप्पणीहरू