ताप्लेजुङ गोल्डकप फुटबलको उपाधि सहलेश सिरहालाई

ताप्लेजुङ गोल्डकप फुटबलको उपाधि सहलेश सिरहालाई

अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ । फाइनलमा सहलेश युवा क्लब सिरहाले चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोलले पराजित गर्दै उपाधि हात पारेको छ ।

निर्धारित समयको पहिलो हाफसम्म दुबै टोलीले गोल गर्न सकेनन् । तर खेलको ७९औं मिनेटमा सहलेशका सुनिल खड्काले गोल गर्दै खेललाई रोचक बनाएका थिए । त्यसपछि ८१औं मिनेटमा दुबै टोलीका जर्सी नम्बर १४ का खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसपछि खेल १०–१० खेलाडीबीच अघि बढ्यो ।

८९औं मिनेटमा सहलेशका युसुफ मल्लिकले दोस्रो गोल गरेपछि टोलीले जीत सुनिश्चित गरेको हो । गत वर्ष सोही प्रतियोगिताको उपविजेता सहलेश यसपटक उपाधि जित्न सफल भएको छ ।

विजेता टोलीले ५ फिट ३ इञ्च अग्लो गोल्डकपसहित नगद सात लाख दुई हजार ८२ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराई थिए ।

तस्बिरहरुः

​​​​​​​

​​​​​​​

टिप्पणीहरू