स्टुटगार्टलाई हराउँदै बायर्नले जित्यो सुपर कपको उपाधि
बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्टुटगार्टलाई २-१ गोलले हराउँदै बायर्नले ११ औँ पटक सुपर कप आफ्नो पक्षमा पारेको हो ।
एमएचपी एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केन र लुइस डियाजले समान एक/एक गोल गरे । स्टुटगार्टको लागि ज्यामी लेवेलिङले एक गोल फर्काए । १८ औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा ग्नाब्रीको क्रसमा डियाजले हेडर गोल गर्दै बायर्नलाई जित नजिक पुर्याए ।
दोस्रो हाफको इन्जुरी समयमा लेवेलिङले गोल गर्दै स्टुटगार्टको हार टार्ने कोशिस गरेपनि पूरा हुन सकेन । जितसँगै बायर्नले दुई सिजनपछि ट्रफी आफ्नो पक्षमा पार्दा स्टुगार्ट भने लगातार दोस्रो सिजन फाइनलमा पुगेर उपविजेतामा चित्त बुझाएको छ ।
टिप्पणीहरू