अब ‘फाइभ जी’ को पालो
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच महिनाभित्र काठमाडौं र पोखरामा ‘फाइभ जी’ सेवा सुरु गरिने जानकारी दिनुभएको छ । तामाङ पत्रकार संघको कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीसँगको कार्यसम्झौतामा ‘फाइभ जी’ सेवा सुरु गर्ने प्रावधान राखिएकाले कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससलाई नयाँ संरचनामा लैजाने, मिडिया काउन्सिललाई स्वायत्त बनाउने, हुलाक र कारागार सेवाको पुनःसंरचना गर्ने तथा पासपोर्ट–लाइसेन्स जस्ता छपाइ नेपालमै गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले साइबर अपराध बढेकाले साइबर सुरक्षा विधेयक संसदमा रहेको र सामाजिक सञ्जाल नियमनको प्रावधान ल्याइने पनि उल्लेख गर्नुभएको छ । सो अवसरमा दुई पत्रकारलाई ‘तामाङ पत्रकार अवार्ड’ सहित सम्मान गरिएको छ ।
टिप्पणीहरू