माओवादी छटपटायो, रास्वपा सल्बलायो : एमाले महासचिव

माओवादी छटपटायो, रास्वपा सल्बलायो : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको आलोचना गर्दै पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय गम्भीर भूल भएको बताएका छन् ।

कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकमा बोल्दै उनले राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पद धारण गरेका व्यक्ति पुनः राजनीतिमा आउनु राम्रो सन्देश नभएको उल्लेख गरे । उनले सोही क्रममा पूर्व राष्ट्रपति विद्या भण्डारीको पुनः राजनीति प्रवेशको चाहनामाथि चर्को आलोचना गरेका हुन् ।

पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीका रूपमा अघि बढाउने र विधि, अनुशासन र लोकतान्त्रिक अभ्यास बलियो बनाउने दाबी गर्दै कार्यकर्तालाई निर्देशन ‘मिशन ८४’ सफल बनाउन निर्देशन दिएका छन् ।

एक अर्को प्रसंगमा काँग्रेस–एमाले नजिकिएपछि माओवादी छटपटाएको र रास्वपाले पपुलिज्ममा आधारित राजनीति गर्दै आएको टिप्पणी गरेका छन् ।

टिप्पणीहरू