काठमाडौं आइपुगे अफगानिस्तान बाहेक छ देशका संसदीय प्रतिनिधि

काठमाडौं आइपुगे अफगानिस्तान बाहेक छ देशका संसदीय प्रतिनिधि

हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका संसदबीच साझा धारणा, संवाद र समन्वयका लागि भोलिदेखि राजधानीमा ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ हुँदैछ । भोलि र पर्सि हुने बैठकमा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधि सहभागी हुँदैछन् । 

नेपालको संघीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुने बैठकमा अफगानिस्तानको प्रतिनिधि हुने छैनन् । नेपालले अफगानिस्तान सरकारलाई मान्यता नदिएको कारण बैठकमा आमन्त्रित नगरिएको बताइन्छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बैठक उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधतासँग सम्बन्धित विषयमा गहन छलफल हुने कार्यसूची छ ।

इसिमोडको प्राविधिक सहयोगमा हुन लागेको बैठकले हिन्दुकुश हिमालय क्षेत्रका संसदबीच नीति, कानुन निर्माण र दिगो विकासका लागि ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको बताइन्छ ।

टिप्पणीहरू