छङ्तु विश्व खेलकुद समापनः कीर्तिमान, स्वर्ण पदक र अविस्मरणीय अनुभव
हिजो साँझ, छङ्तुमा गीतको सुमधुर धुनसँगै विश्वभरका खेलाडी, प्रशिक्षक र अधिकारीहरूले छङ्तु विश्व खेलकुदको समापन समारोहमा हात हल्लाउँदै एकअर्कालाई भावुक बिदाइ गरेका छन् । पछिल्लो ११ दिनमा उनीहरूले संघर्ष र पसिनामार्फत खेलकुदको भव्य अध्याय रचेका छन् ।
अन्तर्राष्ट्रिय विश्व खेलकुद संघका उपाध्यक्ष टम डिलेनले भने, ‘छङ्तुले भविष्यका विश्व खेलकुदका लागि आदर्श मापदण्ड स्थापित गरेको छ । यस अविस्मरणीय अनुभवका लागि सबैलाई धन्यवाद ।’
यस संस्करणमा १८ विश्व कीर्तिमान तोडिएका छन् । ५२ देश र क्षेत्रका खेलाडीले स्वर्ण पदक जिते भने ८१ देश र क्षेत्रका खेलाडी पदक विजेता बने । यो संख्या विश्व खेलकुद इतिहासमै सर्वाधिक हो ।
१७ वर्षीया अमेरिकी चियरलीडिङ खेलाडी एलिसन होफ्टले आफ्नो पहिलो स्वर्ण पदक छङ्तुमा जितिन् । उनले भनिन्, “छङ्तु विश्व खेलकुद हाम्रो अनुभवमा अद्वितीय छ । यहाँ सबैको आत्मीयता र स्वयंसेवकहरूको सहयोगले हामीलाई गहिरो छाप छोड्यो ।”
चिनियाँ टोलीले ऐतिहासिक सफलता हासिल गर्दै ३६ स्वर्ण, १७ रजत र ११ काँस्यसहित कुल ६४ पदक जित्यो । यो चीनको विश्व खेलकुद सहभागितामै सर्वश्रेष्ठ नतिजा हो । टोलीका उपप्रमुख झाङ सिनले टोलीको प्रदर्शनलाई “प्रगति, संघर्ष, खुलापन र समायोजन” शब्दमा व्याख्या गर्दै स्वर्ण र कुल पदक दुवैमा नयाँ कीर्तिमान बनेको र पहिलो पटक चीन पदक तालिका तथा स्वर्ण सूचीमा शीर्षस्थानमा पुगेको बताए ।
छङ्तु विश्व खेलकुदले अन्तर्राष्ट्रिय स्तरको, तर चीनको विशेषता र सिचुआनको मौलिक स्वाद झल्किने क्रीडा महोत्सव प्रस्तुत ग¥यो । उत्कृष्ट आयोजन, स्वयंसेवा, यातायात र सुरक्षाले व्यापक प्रशंसा प्राप्त ग¥यो । अन्तर्राष्ट्रिय बौल्स महासंघका अध्यक्ष क्लोड अजेमाले भने, “छङ्तु विश्व खेलकुद साँच्चै अभूतपूर्व थियो। मैले यस्तो अनुभव कहिल्यै पाएको थिइनँ। सबैले यसलाई उच्च प्रशंसा गरेका छन्, र लामो समयसम्म यसलाई सर्वश्रेष्ठका रूपमा सम्झिनेछन्।”
अन्तर्राष्ट्रिय विश्व खेलकुद संघकाका अध्यक्ष होसे पेरुरेनाले भने, “मैले धेरै खेलाडीहरूको प्रतिक्रिया सुनेँ, र सबैको साझा मत छ । यो इतिहासकै सबैभन्दा सफल विश्व खेलकुद हो। छङ्तुवासीहरूले यसमा गर्व गर्न सक्नुहुन्छ। अब ११० भन्दा बढी देश र क्षेत्रका खेलाडीहरू घर फर्किँदैछन्, तर उनीहरूले छङ्तुलाई सधैं सम्झिनेछन्, किनभने तपाईंहरू साँच्चै उत्कृष्ट हुनुहुन्छ।”
तस्बिर; छङ्तु विश्व खेलकुदको आधिकारिक वेबसाइट ।
टिप्पणीहरू