जनआस्था डटकमको त्यो ब्रेकिङ् समाचार र आजको हस्ताक्षर

जनआस्था डटकमको त्यो ब्रेकिङ् समाचार र आजको हस्ताक्षर

संसदका दुई ठूला दल,नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेपछि राजनीतिक वृत्तमा आकस्मिक तरङ्ग पैदा भएको छ । सत्ता गठबन्धनले संवैधानिक परिषदमा बहुमत पुर्याउने योजनासहित थालेको आकस्मिक हस्ताक्षरले पनि रानालाई हटाउने गृहकार्य तीव्र बनाइएको सहजै अनुमान गर्न सकिन्छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख,उपसभामुख,राष्ट्रिय सभा अध्यक्ष,प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ । हाल सत्ता गठबन्धन अल्पमतमा रहेको कारण विभिन्न संवैधानिक नियुक्तिमा चुनौती उत्पन्न भएको छ । रानाको स्थानमा गठबन्धनमै रहेको दलबाट उपसभामुख नियुक्त भएमा सरकारको बहुमत सुनिश्चित हुने सम्भावना रहन्छ । सोही योजनासहित कांग्रेस र एमाले अघि बढेको रुपमा सांसदहरुको आजको हस्ताक्षर अभियानलाई लिइएको छ । 

रानाले सन् २०२३ फेब्रुअरी २६ मा संसद सचिवालयको लेटर हेड दुरुपयोग गरी आफूसहित ६ जनालाई सोझै भिसा उपलब्ध गराउन अमेरिकी दूतावासलाई सिफारिस  गरेकी थिइन् । उक्त विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । अहिले सोही विषयलाई अघि बढाउँदै हस्ताक्षर थालिएको बताइन्छ ।

सोही समाचार गत वर्ष साउन २ गने जनआस्था डट कमले ब्रेक गरेको थियो । रानाले त्यसरी भिसाको लागि सिफारिस गरेका पाँच जना गैरसंसदीय व्यक्तिमा उपेन्द्र गौतम (पिए०५६९०५६), सुष्मा लामा (पिए०४९१९८३), राजेश लामा तामाङ (०८४४१०४७),सुजन घर्ति मगर (१०६४९३८९) र धनप्रसाद गुरुङ (११५९५२२६) थिए । भिसा उपलब्ध गराउन पत्राचार गरेको विषय सार्वजनिक भएपछि उपसभामुख विवादमा तानिएकी हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा रानालाई हटाउन दुई तिहाइ बहुमत आवश्यक हुन्छ । जबकी कांग्रेससँग (८८) र एमालेको (७९) सांसद छन् । यसका लागि साना दलहरुमध्ये जसपा (७), जनमत (६), लोसपा (४) र नाउपा (४) को साथ अनिवार्य आवश्यक पर्छ ।

यो पनि....

उपसभामुख इन्दिरा रानाको अक्षम्य भूल

टिप्पणीहरू