उपेन्द्रबारे छलफल गर्न मोर्चाको बैठक बस्दै
मधेशकेन्द्रित आठ राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाले बैठक आह्वान गरेको छ ।
गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको सन्दर्भमा त्यसबारे छलफल गर्न मोर्चाको बैठक बोलाइएको हो । गौर काण्डमा मोर्चाको प्रमुख घटक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जोडिएका छन् ।
आज साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने नेता हृदयश त्रिपाठीले जानकारी दिए । बैठकमा रुपन्देही-३ को उपचुनावबारे पनि छलफल हुने बताइएको छ ।
टिप्पणीहरू