बन्दनालाई रेड पासपोर्ट
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भदौ १६ गते थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ ।
अधिकांश समय विदेशका कार्यक्रममा व्यस्त हुने मन्त्री विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २०औँ परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक जान लागेकी हुन् । गत बैशाख र जेठ महिनामा पनि आरजूले थाइल्याण्ड भ्रमण गरेकी थिइन् ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासिया भदौ तेस्रो साता युगान्डा जाँदै छन् । कम्पालामा आयोजना हुने एसियन–अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गानाइजेशनको ६३औँ वार्षिक बैठकमा सहभागी हुन उहाँ त्यता जान लागेको बताइएको छ । पछिल्लो क्याविनेट बैठकले दुवै जनाको भ्रमण स्वीकृत गरिसकेको छ ।
क्याबिनेट बैठकले महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिकी सदस्य बन्दना राणालाई कूटनीतिक राहदानी उपलब्ध गराउने निर्णय पनि गरेको छ । उनी परराष्ट्रमन्त्री राणाकी आफन्तसमेत हुन् ।
२३ सदस्यीय उक्त समितिमा बन्दना गत वर्ष जेठ अन्तिम साता तेस्रो कार्यकालको लागि पुनः नियुक्त भएकी हुन् ।
टिप्पणीहरू