फैलिँदै हरियो स्याउको स्वाद

फैलिँदै हरियो स्याउको स्वाद

चीनमा स्वादिष्ट मिल्कशेकदेखि मीठा एपल पाई र हरियो स्याउले बनाइएका परिकारहरू विशेष चर्चामा छन्। अमिलो र मीठो स्वादका कारण यसले कुनै पनि परिकारलाई अझै हेल्दी र स्वादिष्ट बनाइदिन्छ।

पोषणविद्हरूका अनुसार हरियो स्याउमा फाइबर, भिटामिन–सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसले पाचन प्रणालीलाई मजबुत बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालाको चमक कायम राख्न मद्दत गर्छ।

पछिल्लो समय चीनका क्याफे र रेस्टुरेन्टहरूमा हरियो स्याउ प्रयोग गरेर नयाँ–नयाँ परिकार बनाइने गरेको छ।

विशेषगरी युवापुस्तामाझ मिल्कशेक, एपल पाई र हेल्दी पास्ता बढी लोकप्रिय भइरहेका छन्।

स्वास्थ्य र स्वाद दुवैलाई सन्तुलन गर्ने भएकाले चीनमा हरियो स्याउलाई अहिले ‘स्मार्ट फुड च्वाइस’ को रूपमा चिनिन्छ।

टिप्पणीहरू