पूर्व राष्ट्रपतिको निवासमा यतिबेला एमाले नेताहरुको हुल

पूर्व राष्ट्रपतिको निवासमा यतिबेला एमाले नेताहरुको हुल

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताहरु तथा शिक्षक महासंघका पूर्व अध्यक्षसँग संयुक्त भेटवार्ता गर्नुभएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली,एमाले केन्द्रीय सदस्य रमेश पौडेल,नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापा छलफलका लागि यतिबेला उहाँको निवास हात्तीगौंडा नजिकै भंगालमा हुनुहुन्छ । 

साँझ साढे ५ बजेदेखि छलफल प्रारम्भ भएको हो । शिक्षक महासंघले आफ्ना माग पूरा गर्न सरकारले छलछाम गरेको आरोप लगाउँदै पुनः आन्दोलनको तयारी थालेको सन्दर्भमा आजको भेटलाई अर्थपूर्ण ठानिएको छ । 

उता,एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीको गत वर्ष भएको सदस्यता नवीकरणलाई लिएर स्वयम् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त पछिल्ला धारणालाई लिएर पार्टीभित्र स्पष्ट रुपमा दुई धार देखिएको छ ।

टिप्पणीहरू