पाल्पाकी छात्रा ‘जागरण दूत’

पाल्पाकी छात्रा ‘जागरण दूत’

सशस्त्र प्रहरी बल नेपालले लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको अभियानमा पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई ‘जागरण दूत’ घोषणा गरेको छ ।

दमकडा नमूना माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत आचार्य लुम्बिनी प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा प्रथम भएकी छन् । उक्त प्रतियोगिता ७२ विद्यालयका ११६ विद्यार्थीबीच सम्पन्न भएको थियो ।

रुपन्देहीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई सम्मान गर्दै ‘जागरण दूत’ घोषणा गरेका हुन् । सो अवसरमा अन्य उत्कृष्ट स्थान प्राप्त विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू