ला लिगामा रियल म्याड्रिडको दोस्रो जित
फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियल ओभिएडोलाई ३-० गोलले हराउँदै म्याड्रिडले लिगमा दोस्रो जित निकालेको हो ।
इस्टाडियो मुनिसिपाल कार्लोस टार्टिएरेमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपे । खेलको ३७ औं मिनेटमै एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।
यस्तै इन्जुरी समयको दोस्रो हाफमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन ओभिएडो १९ औँ स्थानमा रहेको छ ।
टिप्पणीहरू