प्रधानमन्त्रीलाई झन् कडा बन्न रविको पार्टीको सुझाव

प्रधानमन्त्रीलाई झन् कडा बन्न रविको पार्टीको सुझाव

नेपाल–भारतको सीमा विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीले मुख खोलेको छ । पार्टी अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले आसन्न भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रको विवादमा दृढतापूर्वक प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । 

नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धि सम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको रास्वपाको ठहर छ । ‘गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ।’

सीमा विवादजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखेर कुटनीतिक पहल थाल्नुपर्नेमा सरकार असफल भएको पनि विज्ञप्तिमा दावी गरिएको छ । ‘हाम्रो पार्टीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ’, अघि भनिएको छ, नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन ।’
 

टिप्पणीहरू