अमेरिकी राजदूतको ‘तीज सेलिब्रेसन’
हरितालिका तीजको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले पहिलोपटक विशेष कार्यक्रम आयोजना गर्दै हिन्दू महिलाहरूको आस्था र स्वाभिमानप्रति सम्मान व्यक्त गरेको छ ।
कार्यक्रममा दूतावासका अमेरिकी महिला कर्मचारीहरूले रातो साडी लगाएका थिए भने अमेरिकी राजदूत डिन आर. थम्सन स्वयम् महिलाहरूसँगै छमछमी नाचमा सहभागी हुनुभएको थियो । दूतावासले महिलाहरूका लागि हिजो विशेष परिकारका भोजनको व्यवस्था समेत गरेको थियो ।
तीज सेलिब्रेसनमा दूतावासमा कार्यरत नेपाली र अमेरिकी महिला कर्मचारीसँगै पुरुष कर्मचारीलेसमेत नाचगानमा भाग लिएको जनाइएको छ ।
तस्बिरहरु


टिप्पणीहरू