काँग्रेसपछि एमाले र माओवादी मुख्यालयमा धर्ना

काँग्रेसपछि एमाले र माओवादी मुख्यालयमा धर्ना

नेपाली काँग्रेसको मुख्यालय सानेपामा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना कार्यक्रम राखिएको छ । नेपाल शिक्षक महासंघले पहिले धर्ना र त्यसपछि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको छ । 

महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालयमा हुने धर्नामा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेको छ ।

भोलि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र पर्सि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना राखिएको छ ।

टिप्पणीहरू