चीनको पक्षमा ताइवानी, बेइजिङको सैन्य परेड समर्थन नगर्न चेतावनी
ताइवानले आफ्ना कलाकार तथा सेलिब्रेटीहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले बेइजिङमा आयोजना गर्न लागेको सैन्य परेडको समर्थन नगर्न चेतावनी दिएको छ । त्यहाँको मेनल्याण्ड अफेयर्स काउन्सिलले चीनले आगामी सेप्टेम्बर ३ मा बेइजिङको तियानआनमेन स्क्वायरमा आयोजना गर्न लागेको विजय दिवस सैन्य परेडलाई ‘राजनीतिक प्रचार–प्रसार अभियान’का रूपमा चित्रित गर्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन नजनाउन कडा चेतावनी दिएको छ ।
उन्सिलका प्रमुख चिउ चुई–च्याङले जारी विज्ञप्तिमा कलाकारले आफ्नो करियरको कारण मुख्यभूमि चीनमा काम गर्नुपरे पनि जनमानसको धारणा र ताइवानको सार्वभौमिकताप्रति सचेत रहनुपर्ने बताएका छन् । उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार अभियानलाई सहयोग गर्ने कार्यले ताइवानको छवि र गरिमा कमजोर पार्छ ।’
यसअघि केही ताइवानी कलाकारले चीनको राज्य सञ्चालित मिडियाले तयार पारेका प्रचार–सामग्री सामाजिक सञ्जालमा सेयर गरेपछि ताइवानी सरकारको आलोचना खेप्नुपरेको थियो । ताइवानमा जनताहरु मुख्यभूमिप्रति नजिकिन थालेपछि त्यहाँको सरकारले सरकारी कर्मचारी तथा अवकाशप्राप्त वरिष्ठ अधिकारीहरूलाई चीनको उक्त कार्यक्रममा सहभागी हुन पूर्ण रूपमा निषेध गरिएको सूचना जारी गरेको छ ।
टिप्पणीहरू