लिङ्देन भारत जाँदा कार्यकर्ता भरङ्ग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन,सांसद ज्ञानबहादुर शाही र केन्द्रीय सदस्य खुश्बु ओलीको भारत भ्रमण विवादमा परेको छ । तीजको कार्यक्रममा भाग लिन राजस्थान पुगेका उनीहरुप्रति पार्टीकै कार्यकर्ताले अनेक आशंका गरेका छन् ।
हरितालिका तीजको दिन हिजो देशभित्र आयोजना गरिएका कार्यक्रममा निम्ता पठाईएको भएता पनि त्यसलाई बेवास्ता गर्दै लिङ्देनहरू घुमघामको मेसो मिलाएर भारत गएको कार्यकर्ताको गुनासो छ । प्रदेश स्तरका एक नेताले सामाजिक सञ्जालमा ‘सोच्नुपर्ने बेला’ आयो भन्दै कटाक्ष गरेका छन् ।
लिङ्देन,शाही र ओली अस्ति नयाँ दिल्ली हुँदै राजस्थान पुगेका थिए । उनीहरु आज राती काठमाडौँ फर्किने कार्यक्रम रहेको बुझिएको छ ।
बताइएअनुसार लुम्बिनी प्रदेशमा आयोजना गरिएको एक तीज विशेष कार्यक्रममा अध्यक्ष लिङ्देनलाई निमन्त्रणा गरिएको थियो । उनले निम्तो स्वीकार पनि गरेका थिए । तर, अन्तिममा बिना जानकारी उनी भारत हिँडेको कार्यकर्ताको गुनासो छ ।
पार्टीको भारत प्रवास संगठन र पशुपति वेलफेयर समाजले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन लिङ्देन,शाही र ओली अस्ति नयाँ दिल्ली हुँदै राजस्थान पुगेका थिए । उनीहरु आज राती काठमाडौँ फर्किने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू