नातिको जन्मदिन कटेजमा, कमरेडहरू ह्वारह्वारी
‘आज मेरो घरमा पाहुना आएका छन्, बोल्ने फुर्सद छैन, पछि बोल्छु’ । भनेर चर्चामा आएका नेता हुन् भानुभक्त ढकाल । २०७६ सालको फागुनमा तत्कालीन प्रम केपी ओलीको मिर्गाैला दोस्रो पटक प्रत्यारोपण हुँदै थियो, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा । न्युज २४ ले प्रमको स्वास्थ्यबारे जानकारी लिन खोजेको थियो । भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए । लगत्तै कोभिड–१९ को महामारी शुरु भयो ।
तिनै ढकालका नातिको जन्मदिन गत शनिबार ललितपुरको सिद्धार्थ कटेजमा भब्य हिसाबले मनाएका छन् । २ वर्ष पूरा भएर ३ वर्षमा टेकेका नातिको जन्मदिन भब्यरूपमा मनाएका हुन् । प्रम केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकारदेखि अनेरास्ववियुका अध्यक्षसम्म जम्मा भएर आशीर्वाद दिएका थिए ।
को–को देखिए
एमाले उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, कार्यालय सचिव डा. भीष्म अधिकारी, पार्वत गुरुङ, राजेन्द्र गौतम, यज्ञराज सुनुवार, आनन्द श्रेष्ठ, ऐन महर, आरसी लामिछाने, अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडाल, युवासंघका महासचिव महेश चौलागाइँ, अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया तथा अखिल तथा युवासंघबाट बिदा भएका भानुभक्तनिकट कार्यकर्ताको उपस्थिति थियो । अर्को खेमाको उपस्थिति नगन्य मात्र देखिन्थ्यो ।
छोरा–बुहारी नै राजधानीको एक प्रतिष्ठित बैँकमा उपल्लो तहमा काम गर्ने भएको र आम्दानी राम्रै हुने भएको कारणले गर्दा, उक्त भोजमा बिचौलिया, दलाल तथा घुस्याहा सरकारी कर्मचारी कोही देखिएनन् ।
टिप्पणीहरू