नारा लगाएपछि धरानका मेयर अचम्भित

नारा लगाएपछि धरानका मेयर अचम्भित

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई विमानबाट ओर्लने बितिक्कै काठमाडौंको त्रिभुवन विमानस्थलमा ‘जिन्दावाद’को नारा लगाइएको छ । आज बिहान विराटनगरबाट विमानमा आएका उनले विमानस्थलमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा सुनेपछि अचम्मित भएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद।’

टिप्पणीहरू