मलबारे बल्ल बोले धनाढ्य सांसद

मलबारे बल्ल बोले धनाढ्य सांसद

नेपाली काँग्रेसका सांसद एवं व्यापारी विनोद चौधरीले तत्काल मल कारखाना खोल्न सरकारसँग माग गरेका छन् । वर्षौंदेखि किसानले मलको अभाव झेल्दै आएको स्थितिमा उनले आज यसबारे बोलेका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मल कारखाना खोल्ने कुरामा तदारुकता देखाएको उल्लेख गर्दै चौधरीले छिट्टै निर्णय लिन सरकारलाई सचेत गराए । आज संसद भवनबाहिर उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बर्दघाटमा मल कारखाना स्थापना गर्न पनि सल्लाह दिए । 

मलको कृतिम अभाव हुने गरेको दाबी गर्दै उनले कृषिमन्त्रीको आलोचना गरे । वितरण प्रणाली व्यवस्थित बनाउन नसक्दा कतै मलको अभाव हुने त कतै त्यसै खेर जाने अवस्था रहेको उनको दावी छ । 

‘नेपालको मल वितरण गर्ने प्रणाली र यो कुन ठाउँमा कति दिनुपर्ने हो भन्ने कुरा त्यहाँको उत्पादन, त्यहाँको खेती, त्यहाँको किसानको स्थितिलाई हेरेर त्यसको निक्र्यौल गर्नुपर्ने हो । र, त्यसको व्यवस्थित खाका सार्नुपर्ने हो । त्यो भएको छैन', चौधरीले भने, 'त्यो कनिका छराइको हिसावले केही ठाउँमा मल प्रयोगमा नआएर कुहिएर बसेको अवस्था छ भने हाम्रोजस्तो क्षेत्रमा किसान जहिले पनि मलको लागि तडपिराखेका छन ।'
 

टिप्पणीहरू