पेरिसडाँडामा भेला भए माओवादी पदाधिकारी

पेरिसडाँडामा भेला भए माओवादी पदाधिकारी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको छ ।

माओवादीले यसअघि भदौ ३ गतेका लागि पदाधिकारी बैठक बाेलाएकाे थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदको हस्ताक्षर संकलन गरिरहेको विषय सार्वजनिक भएपछि स्थगित गरिएको थियो। 

आजको बैठकमा स्थायी समितिको निर्णय कार्यान्यवयन, केन्द्रीय कमिटी बैठकको तयारी र समसामायिक राजतीनिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

टिप्पणीहरू