बागमतीका तीन जिल्लामा आइतबार बिदा
बागमती प्रदेश सरकारले आउँदो भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिले मनाउने न्वागी (छोनम) पर्वका अवसरमा बिदा दिइएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइएको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘यही मिति २०८२–०५–२२ गते आइतबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहेको व्यहोरा जानकारी गराइन्छ ।’
टिप्पणीहरू