विधिको बहसबाट टाढिएको विधान महाधिवेशन

विधिको बहसबाट टाढिएको विधान महाधिवेशन

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको ‘विधान महाधिवेशन’ मा विधान, विधि र संगठनको बहस हुने भनिएको छ । तर वास्तविकता नेतृत्व–उत्तराधिकारको रस्साकस्सीमा केन्द्रित हुँदै गएको छ ।

औपचारिक कार्यतालिका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस भएको छ । तर प्रतिनिधिहरू विधि र विधान संशोधनका बुँदामा भन्दा बढी भावी नेतृत्व कसको पक्षमा हुने भन्नेमा केन्द्रित देखिन्छन् । एकातिर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेजी गरिएको विषय र अर्कोतर्फ आगामी दिनमा ओलीपश्चात् कसले पार्टी नेतृत्व हत्याउने भन्ने जोडघटाउमा छलफल गरेको देखिन्छ ।
 
एकातिर स्थायी समिति सदस्य कर्ण थापाले पेश गर्न खोजेको फरक दस्तावेज पेस गर्न नदिइएको अवस्था छ । अध्यक्षले आफ्ना धारणा समूहगत छलफलमा राख्न निर्देशन दिएपछि एमालेभित्रको आन्तरिक जनवाद उदाङ्गो भएको छ । दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनको माहौल माछाबजार भन्दा फरक देखिँदैन ।

टिप्पणीहरू