प्रचण्ड पोखरामा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुग्नुभएको छ । उहाँ मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः थाल्ने क्रममा आज राजधानीबाट त्यहाँ जानुभएको हो ।
गत जेठ २ गते बैतडीको पाटनबाट थालिएको अभियान वर्षायाम लागेकाले जेठ १२ गते पोखरामा पुगेपछि स्थगित गरिएको थियो । अहिले सोही अभियानलाई प्रचण्डले पोखराबाट आरम्भ गर्ने कार्यक्रम छ ।
साउन १६ र १७ गते बसेको माओवादी स्थायी समिति बैठकले बाँकी जिल्लामा अभियान निरन्तरता दिने निर्णय गरेको थियो । यसलाई ग्रामीण बस्तीसम्म संगठन विस्तार गर्ने अवसरका रूपमा लिइएको छ ।
टिप्पणीहरू