शीतल निवासमा अर्को लालमोहर

शीतल निवासमा अर्को लालमोहर

भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएको छ । संघीय संसद्को दुवै सदनबाट पारित उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गर्नुभएको जानकारी दिइएको छ ।

उहाँले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयकमा लालमोहर लगाउनुभएको हो । राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’

टिप्पणीहरू