कुन–कुन शहरमा भइरहेको छ जेन जी आन्दोलन ?
जेन जी युवाहरूको आन्दोलनले आज देशभरका मुख्य शहरमा तनावग्रस्त वातावरण सिर्जना गरेको छ। राजधानीसहित विभिन्न शहरमा आज जेन जी युवाहरूले स्वस्फूर्त प्रदर्शन गरेका हुन्।
लुम्बिनीका तीन मुख्य शहर नेपालगञ्ज, घोराही र बुटवलमा ठूलो संख्यामा युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले हातमा भ्रष्टाचारविरोधी नारा लेखिएको नेमप्लेटसहित र्याली निकालेका हुन्।
चितवनको भरतपुरमा पनि झडप भएको छ। जेन जी युवाहरूले भरतपुर महानगरपालिकाको कार्यालय घेराउ गर्दै तोडफोडको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास हानेको हो। अहिले पनि झडप जारी रहेको बताइएको छ।

त्यस्तै गण्डकीको पोखरामा जेन जी युवाहरूले प्रदर्शन गरेका छन्। त्यहाँ युवाहरूले मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास गरेको बुझिएको छ। प्रहरीले अहिले त्यहाँ अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर भीडलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ।
धनगढीमा पनि सयौँ युवाहरू भेला भई प्रदर्शन गरिरहेका छन्।

उता झापाको दमकमा पनि तनावपूर्ण अवस्था बनेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो। त्यसले पनि युवाहरूको प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाउनुपरेको हो।
यता राजधानीको अवस्था झन् तनावपूर्ण छ। प्रदर्शनकारीहरूले संघीय संसद भवनभित्र छिरेर आगो लगाएपछि कर्फ्यू जारी गरिएको छ भने व्यापक मात्रामा सेना परिचालन गरिएको छ। विभिन्न ठाउँमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका गाडीलाई नै घेराबन्दीमा पारेको बताइएको छ।
त्यस्तै, चितवनको भरतपुरमा पनि झडप भएको छ । जेनजी युवाहरुले भरतपुर महानरपालिकाको कार्यालय घेराउ गर्दै तोडफोडको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास हानेको हो । अहिले पनि झडप जारी रहेको बताइएको छ ।
टिप्पणीहरू