काठमाडौंमा मृतक संख्या छ, पोखरामा कर्फ्यू
राजधानीमा भएको जेन जी आन्दोलनका क्रममा मृतक संख्या छ पुगेको छ । अनियन्त्रित आन्दोलन नियन्त्रण गर्ने क्रममा चलाइएको गोली लागेर उनीहरूको ज्यान गएको बताइएको छ । स्रोतले सिनामंगलस्थित केएमसी अस्पतालमा भएको एक जनाको निधनपछि उक्त संख्या छ पुगेको जनाएको छ । मृतकहरुको हालसम्म परिचय खुलेको छैन ।
उता पोखरामा पनि कफ्र्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सहिद चोक र आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ ।
जेन जी युवाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयबाहिर तोडफोड गर्दैै आगो लगाउने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । झडपमा १३ जना घाइते भएको बताइएको छ ।
@janaaastha.10 #kathmandu #curfew #protest ##baneswornepal #janaaasthanews ♬ original sound - janaaastha.com
टिप्पणीहरू