बूढानीलकण्ठमा छलफल, साँझ बालुवाटारमा बैठक
राजधानीको नयाँ बानेश्वरमा जेन जी समूहले आन्दोलन चर्काएपछि सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रदर्शनकारीले संघीय संसद भवनको २ नम्बर गेटमा आगो लगाएपछि महामन्त्री थापा र शर्माले बूढानीलकण्ठमा सभापति देउवालाई भेटेका हुन्।
उनीहरूले सभापति देउवालाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न आग्रह गरेको बताइएको छ । भेटबारे जानकार स्रोतका अनुसार सभापति देउवाले पनि ओलीसँग संवाद गरेर निर्णय गर्ने जवाफ दिएका छन्।
यता आज क्याबिनेट बैठक बस्दैछ । साँझ ६ बजे सबै मन्त्रीलाई बालुवाटारमा बोलाइएको छ ।
टिप्पणीहरू