मृतक संख्या ९ पुग्यो, सरकारी कार्यालयको वेबसाइट ह्याक
जेनजी आन्दोलनका क्रममा मृत्यु हुने प्रदर्शनकारीको संख्या ९ पुगेको छ। प्रहरीले गोली चलाउँदा र झडपको क्रममा थप जनधनको क्षति भएको बताइएको छ।
यता केही सरकारी कार्यालयका वेबसाइटहरू समेत ह्याक भएका छन्। प्रदर्शनकारीहरूले सार्वजनिक सम्पत्तिमा पनि आक्रमण गरेको बताइएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा तोडफोड भएका छन्। प्रहरीको दमनपछि थप आक्रमक बनेका प्रदर्शनकारीहरूले तिनकुनेको आलोकनगरस्थित कार्यालयमा पुगेर ढुंगामुढा गरेका छन्।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा समेत आगजनी गरिएको छ। अनुगमनमा पुगेका अधिकारीकर्मीहरूको गाडीमा प्रदर्शनकारीले आगो लगाएका हुन्।
टिप्पणीहरू