बुटवल र भैरहवामा पनि कर्फ्यू
रुपन्देहीको बुटवल र भैरहवा पनि जेन जी आन्दोलन भड्किएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लागू हुने जानकारी दिनुभएको छ ।
सिडिओ कार्यालयले बुटवलदेखि भैरहवा क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यू लगाएको हो। बुटवल क्षेत्रतर्फ पूर्वमा पेट्रोल पम्प–धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यू लागू गरिएको छ।
भैरहवातर्फ पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म र दक्षिणमा मेउडीहवासँगै बुटवल–बेलहिया सडकखण्डको दायाँबायाँ एक सय मिटरसम्म कर्फ्यू लागू गरिएको छ।
टिप्पणीहरू