पोखरामा राति १० बजेसम्म कफ्र्यू

पोखरामा राति १० बजेसम्म कफ्र्यू

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेकी छन् । 
 
आदेशमा पोखरा महानगरपालिकाका वडा नम्बरहरु ९, २, १ र ६ मा कफ्र्यू लगाइएको उल्लेख छ ।

हिजो जेन–जी आन्दोलनका क्रममा भएको ठूलो मानवीय क्षतिप्रति आक्रोशित समूहले आज पनि राजधानी सहित मुलुकका प्रमुख शहरमा नाराबाजी र जुलुस निकालेका छन् ।

टिप्पणीहरू