कतै मुख्यमन्त्री कार्यालय कब्जामा, कतै काँग्रेस– एमाले पार्टी कार्यालय ध्वस्त

कतै मुख्यमन्त्री कार्यालय कब्जामा, कतै काँग्रेस– एमाले पार्टी कार्यालय ध्वस्त

प्रदर्शनकारीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय कब्जामा लिएका छन् । हिजोको आन्दोलनमा १९ जनाको ज्यान गएपछि देशभर जुलुस र नाराबाजी भएको छ ।

मुख्यमन्त्री कार्यालयभित्र प्रवेश गरेका युवाहरुले नाराबाजी गरेका छन् ।

यता सर्लाहीमा नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय जलाइएको छ । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

टिप्पणीहरू