संसद विघटनपछि मात्रै सेनासँग वार्ता : बालेन साह

संसद विघटनपछि मात्रै सेनासँग वार्ता : बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संसद विघटन हुनुपर्नेमा जेनजी युवाहरुलाई सचेत गराएका छन् । प्रधानमन्त्रीको राजीनामापछि उनले संसद विघटनको माग गरेका हुन् । 

मेयर बालेनले सेनासँग वार्ताको लागि तयार रहन पनि आग्रह गरेका छन् । ‘अब संयमित हुनुहोला, देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो, तपाईं–हामी अब संयमित हुनु जरुरी छ’, उनले भनेका छन्, ’सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला, तर याद रहोस् वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।

टिप्पणीहरू