केपी ओलीलाई एमालेको संगठित सदस्यबाट बर्खास्त गर्न माग
नेकपा एमालेका केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बताएकी छन् ।
ओलीले राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, 'केपी ओलीलाई अब एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर ।'
जेनजीको आन्दोलन चर्केपछि ओलीले केही बेरअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी सरकारी निवास बालुवाटारबाट अज्ञातस्थलतर्फ भागेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू