राष्ट्रपतिद्वारा वार्ता आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
एक अपील पत्र जारी गर्दै उनले प्रदर्शनरत युवाहरुको माग सम्बोधनको लागि सहयोग गर्न चाहेको उल्लेख गरेका छन् । भनेका छन्, 'लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु ।'
राष्ट्रपति पौडेलले समास्या समाधानको लागि सबैले सहयोग गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् । 'मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु', उनले भनेका छन् ।

टिप्पणीहरू