रुकुम कारागारबाट भागे कैदीबन्दी
रुकुम पश्चिममा रहेको कारागार कार्यालयबाट कैदीबन्दीहरु भागेका छन् । सुरुमा कारागार रित्तो पारेर सबै कैदीबन्दीहरु भागेको भएता पनि केही भने कारागारमै फिर्ता आएका छन्।
निमित्त कारागार प्रमुख अकबिर घर्तीका अनुसार मङगलबार बिहानसम्म १५८ जना कैदीबन्दीहरु कारागारमा रहेका थिए । कार्यालय समयपछि उनीहरु कारागार रित्तो पारेर भागेको उनले जानकारी दिए । निमित्त प्रमुख घर्तीले भागेका मध्य १५–२० जना कारागारमा फकाईएको बाँकिको प्रहरीले खोजी गरिहेको बताए।
उनले भने, ‘सूचना लगत्तै हामी पनि कार्यालयमा आएका छौ, ठुलो संख्यामा केहि कैदिबन्दीहरु भागेका छन्, केहि नियन्त्रणमा आएका छन् ।’ उनले २५ जनाको क्षमता रहेको कारागारमा १५० जना पुरुष, सात जना महिला र एक नाबालक रहेको जनाए । सोमबारदेखि विकसित राष्ट्रिय घटनाक्रमको प्रभावले उनीहरुले सुरक्षाकर्मीको आँखा छलेर कारागारबाट भागेको हुनसक्ने उनको अनुमान रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार कैदीबन्दीहरुको खोजी तिब्र पारिएको छ । कारागारबाट भागेको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको र केहि कैदीबन्दीहरु नियन्त्रणमा लिईएको उनले जनाए ।
भागेको स्थानतर्फ प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक पाठकले जनाउनुभयो । घटना के, कसरी हुन गयो भन्ने बारेमा थप अनुसन्धानपछि मात्रै खुल्ने उहाँको भनाइ छ । प्रहरीका अनुसार अहिले एक सय बढी कैदीबन्दी कारागारमा रहेका छन् ।
टिप्पणीहरू