नयाँ प्रधानमन्त्रीको कार्यालयका निम्ति ठाउँ खोजिँदै

नयाँ प्रधानमन्त्रीको कार्यालयका निम्ति ठाउँ खोजिँदै

कामचलाउ सरकारअन्तर्गत ब्युरोक्रेसी भनी चिनिने स्थायी सरकारको गृह संयन्त्रले आज बेलुकासम्म आउने नयाँ प्रधानमन्त्रीका निम्ति कार्यालय खोज्न थालेको छ ।

बिहानैदेखि मुख्यसचिवसहितका कर्मचारीहरु सिंहदरवारभित्रै तर यसै साताको आगलागीमा डढ्नबाट बचेका केही उपयुक्त स्थानको खोजीमा जुटेका छन् । 

राणा प्रधानमन्त्री चन्द्र समशेरद्वारा निर्मित र ०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको सरकार प्रमुखको कार्यालय अस्तिको उपद्रबपछि पस्न,बस्न र पुग्न सकिने हालतमा छैन ।

नयाँ प्रधानमन्त्री नियुक्तिको गाँठो फुकाउन आज बिहान हुने भनिएको निर्णायक वार्ता दिउँसो २ बजेलाई सरेको छ । त्यसपछि बल्ल कुन प्रक्रियाबाट सुशीला कार्कीलाई सरकार प्रमुख मनोनीत गर्ने भन्ने कुराको टुंगो लाग्ने शीतल निवास र जङ्गी अड्डास्थित श्रोतहरुले जनआस्थालाई बताए ।

तत्कालका निम्ति सिंहदरवारभित्रैका कुनै मन्त्रालय वा निकायको बचेको भागलाई उपयोग गर्ने सोचअन्तर्गत यतिबेला सर्च अभियान चलिरहेको बुझिएको छ । 

उता नयाँ प्रधानमन्त्री नियुक्तिको गाँठो फुकाउन आज बिहान हुने भनिएको निर्णायक वार्ता दिउँसो २ बजेलाई सरेको छ । त्यसपछि बल्ल कुन प्रक्रियाबाट सुशीला कार्कीलाई सरकार प्रमुख मनोनीत गर्ने भन्ने कुराको टुंगो लाग्ने शीतल निवास र जङ्गी अड्डास्थित श्रोतहरुले जनआस्थालाई बताए ।  

 

टिप्पणीहरू