राष्ट्रपति र संविधान निलम्बन पछिको सैनिक नेतृत्व चाहियो : दुर्गा प्रसाईं
व्यवस्थाविरुद्ध खुलेआम गतिविधि गर्दै आएका दुर्गा प्रसाईंले नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । उनले त्यसो गरेर मात्रै नपुग्ने हालको संविधान खारेज नै गर्नुपर्ने सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपालको वर्तमान संविधान पश्चिमाहरुको डिजाइनमा तयार पारिएको प्रसाईंको दावी छ । ‘जेनजीको बलिदानलाई धोका दिन पाइँदैन, संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? सबै यही हो भने आन्दोलन किन गरियो ?’, उनको छट्पटी छ, ‘हिजो पनि पश्चिमाहरुको डिजाइनमा नयाँ संविधान घोषणा भयो, हिन्दु राष्ट्र गयो, मुलुक धर्मनिरपेक्ष बनाइयो, र सबैले मिलेर राज्य लुटे ।’
जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोप खेपरिहेका प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भनेको छन् । ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ’, उनले अघि भनेका छन्, ‘नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ।’
विगतमा अराजक अभिव्यक्ति दिएर युवाहरुलाई उत्तेजनामा ल्याएका प्रसाईंले पुनः गणतन्त्रविरुद्ध अर्को गलत प्रचार गरेका छन् ।
टिप्पणीहरू