संसद विघटन रोक्न कांग्रेसको जुलुस

संसद विघटन रोक्न कांग्रेसको जुलुस

सम्भावित संसद विघटनविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । लोकतन्त्र मास्न पाइँदैन भन्दै कांग्रेसका नेता-कार्यकर्ताहरुले आज गोंगबुदेखि सामाखुशीसम्म जुलुस निकालेका हुन् । 

अहिलेको विषम परिस्थितिमा चुनावी सरकारको आवश्यकता देखिए पनि संसद विघटन गर्न नहुने नेता जगदिश्वर नरसिंह केसीले बताए । जेनजी आन्दोलनले मुलुकलाई ३० वर्ष पछाडि धकेलेको उनको भनाई छ । 

जुलुसमा 'संविधानको रक्षा गर', 'लोकतन्त्र मास्न पाइँदैन', 'संसद विघटन गर्न पाइँदैन' लगायतका नारा लगाइएको थियो ।

टिप्पणीहरू