आजदेखि ‘फर्स्ट लेडी’को सट्टा ‘फर्स्ट बोइ’ ?
नवनियुक्त प्रधानमन्त्री सुशिला सुवेदीका श्रीमान दुर्गा सुवेदी आजदेखि ‘फर्स्ट जेन्टलम्यान’ बन्नुभएको छ । पहिलो महिला प्रधानमन्त्री बनेपछि उहाँका श्रीमानको हैसियत त्यस्तो हुन गएको छ ।
पश्चिमा राजनीतिक मान्यता अनुसार मुलुकको कार्यकारी प्रमुख बनेका पुरुषका श्रीमतीलाई ‘फर्स्ट लेडी’ ले सम्बोधन गरिन्छ । तर, महिला प्रमुख बनेको अवस्थामा उनका श्रीमानलाई ‘फर्स्ट जेन्टलम्यान’, ‘फर्स्ट म्यान’ भन्ने अवस्था बनेको हो ।
धेरैजसो पुरुष कार्यकारी रहने गरेको विश्व राजनीतिमा ‘फर्स्ट लेडी’लाई सहज रुपमा लिइन्छ । तेस्रो विश्वमा ‘फर्स्ट जेन्टलम्यान’ बिरलै हुने गरेकोमा सुवेदीलाई आजदेखि उक्त पगरी गुथाइएको छ ।
(प्रारम्भमा असावधानीवश सम्पादित अंश छुट्न गएकाले सम्पादन गरिएको छ : सम्पादक)
टिप्पणीहरू