नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाइ सन्देश

नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाइ सन्देश

एकातिर जेन जीद्वारा सन्चालित सत्ता परिवर्तनको आकस्मिक आन्दोलनलाई फ्री तिब्बत पक्षधर एनजिओहरूको आर्थिक सहयोग,अर्कातिर सधैँ एक चीन नीति पक्षधर रहँदै आएको मुलुक नेपालका नवनिर्वाचित प्रधानमन्त्रीलाई इतिहासमै सम्भवत: पहिलोचोटि तिब्बती पृथकतावादी अभियानका धार्मिक अगुवा दलाई लामाको बधाई सन्देश !

सन १९५९ देखि भारतको धर्मशालामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामाले हिजो नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई आज लिखित बधाई पठाएका छन् । यो आफैमा आश्चर्यलाग्दो विषय हो । ९० बर्षको उमेरमा दलाईले यस्तो निर्णयमा किन हात हाले भन्ने कुराको यकिन हुनचाहिँ बाँकी नै छ । अरु प्रसङ्ग बिस्तारै खुल्दै जाने बताइन्छ । 

सुदन गुरुङ्ग नेतृत्वको "हामी नेपाल" नामक एनजिओलाई दलाई लामाको बिध्यार्थी संगठन SFT (student for a free tibet) र बारबरा फाउण्डेशनले करोडौं लगानी गरेको र बालुवाटारमा कार्यालयसमेत खडा गरिदिएको तथ्य यसवीच छरपस्ट भैसकेको छ।

सुदन गुरुङ्ग नेतृत्वको "हामी नेपाल" नामक एनजिओलाई दलाई लामाको बिध्यार्थी संगठन SFT र बारबरा फाउण्डेशनले करोडौं लगानी गरेको र बालुवाटारमा कार्यालयसमेत खडा गरिदिएको तथ्य यसवीच छरपस्ट भैसकेको छ ।

टिप्पणीहरू