कठिन प्रयासले यति भएको   राष्ट्रपतिद्वारा जानकारी

कठिन प्रयासले यति भएको   राष्ट्रपतिद्वारा जानकारी

राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयासपछि संविधान र गणतान्त्रिक व्यवस्था जोगाउन सम्भव भएको भन्दै यसप्रति जिम्मेवारीबोध गर्न सबैलाई आग्रह गर्नुभएको छ। 

प्रतिनिधिसभा विघटनको निर्णयप्रति प्रमुख दलहरूको असन्तुष्टि सार्वजनिक हुन थालेपछि आज वक्तव्य जारी गर्दै राष्ट्रपतिबाट यो प्रतिक्रिया आएको हो । संविधान र प्रणाली जोगाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै उहाँले घोषित मितिमै चुनाव सम्पन्न गर्न सबैलाई अपिलसमेत गर्नुभएको छ । 

'बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई हार्दिक अपिल गर्दछु', वक्तव्यमा भनिएको छ । 

विषम परिस्थितिमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको राष्ट्रपति पौडेलको भनाइ छ ।

टिप्पणीहरू