सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेलाई नछोड्नु-प्रधानमन्त्री
जेन–जीको बलमा प्रधानमन्त्री नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नेलाई सजाय हुनैपर्ने बताउनुभएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले आन्दोलनमा आगजनी र तोडफोडका घटना सुनियोजित भएको हुनसक्नेतर्फ औंल्याउनुभयो ।
‘जुन किसिमको आगलागी र तोडफोड भएको छ,त्यो अपराधिक कार्य हो । त्यस्तो कार्य गर्नेलाई नेपाली कसरी भन्ने ? जे–जति भयो मलाई आश्चर्य लागेको छ । यो सुनियोजित रुपमा भएको हो । यस्तो काम गर्नेले सजाय पाउनैपर्छ’,उहाँले भन्नुभयो ।
त्यसैगरी,उहाँले हिजै मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवलाई तराईमा बाँसका भाटाले छोपेर र स्थानीय जनताको सहयोग लिएर भए पनि ध्वस्त प्रहरी कार्यालयहरु मर्मतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू