मेरो समय, मेरो मौनता र मेरो अपराध

मेरो समय, मेरो मौनता र मेरो अपराध

इतिहासले कहिलेकाहीँ व्यक्तिलाई मात्र होइन, पुस्तालाई नै प्रश्न गर्छ: “तिमीहरूले देख्यौ, बुझ्यौ, तर किन मौन रह्यौ?” भन्ने प्रश्न युग–युगसम्म गुन्जिरहन्छ। मैले भोगेको यथार्थ, मेरो पुस्ताले अनुभव गरेको युग — यी सबैलाई आत्म–आलोचनाबिना स्वीकार गर्न सकिन्न। किनभने, मेरो पुस्ता चुप रह्यो, जब लोकतन्त्रको नाममा क्लेप्टोक्रेसी चलेको थियो। जब संवैधानिक संस्थाहरू नेताको आदेशमा बाँधिएका थिए, जब अदालत, प्रहरी, अख्तियार सबै ‘सत्ता र पैसाको ड्राइ क्लिनर्स’ बनेका थिए — हामी मौन थियौं। यही मौनता नै हाम्रो अपराध बन्यो।

मैले इतिहासका यात्रामा हरेक कालखण्डका आदर्शवादीहरू पनि देख्ने वा संगत गर्ने अवसर पाएँ। पूर्ण निष्कपटता र करुणा भएको “सिद्ध मानिस” वास्तविक दुनियाँमा असफल हुन्छ, किनभने हाम्रो समाज दोष, स्वार्थ र शक्ति–राजनीतिमा आधारित छ। यदि साच्चैको आदर्शवादी व्यक्ति हाम्रो समाजमा जन्मियो भने — के ऊ बाँच्छ, वा समाजले उनलाई नष्ट गर्छ? उत्तर हो: समाज नै त्यस्तो व्यक्तिलाई धान्न सक्दैन। र बहुला भन्छ। फोदर दोस्तोयवस्कीको द इडियट मा यस्तै भनिएको छ।

म अहिले आदर्शवादी आन्दोलनरत नवयुवाहरुलाई देख्दा गुमाउँदै पनि छु — म छुः आदर्शवादी समयभन्दा अघि जन्मिएको मान्छे हो। उनीले भविष्य देख्छ तर वर्तमान उसको नियन्त्रणमा भने हुँदैन। त्यसैले परिणाम उसको हातमा नरहेर इतिहासको भीड र शक्तिसंरचनाले लेख्छ। त्यसै माथि रिजन हुन्छ। लोकप्रिय आन्दोलन प्रायः तत्कालीन सत्ता—आक्रमण्यता, भ्रष्टाचार, र संस्थाहरूको राजनीतिककरणको प्रतिकृया, आक्रोश र असन्तोषको विस्फोटले हुने गर्छ। सूकेको पत्करमा आगो लागेर जंगलै सखाप पार्छ नै। तब जसलाई सामान्य लाग्थ्यो, त्यो एक दिन अकस्मात् असाधारण बन्न पुग्छ। आदर्शवादी आयोजक सडकमा देखिए पनि निहित उद्देश्यवाला प्रायोजक पर्दापछि हुने गर्छन्। लोकप्रिय आन्दोलनले सडकमा ठूलो भीड त ल्याउँछ, तर दीर्घकालीन कार्यक्रम वा संस्थागत संरचना बनाउन सक्दैन। “विरोध”मा जनतालाई एकत्रित गर्न सजिलो भए पनि “विकल्प” प्रस्तुत गर्न कठिन हुन्छ। परिणामतः आन्दोलनले शासन परिवर्तन गराए पनि संरचना उही रहन्छ। विरोधले शून्य सिर्जना गर्छ, तर वैकल्पिक संरचना नहुँदा पुरानै सत्ताचरित्र दोहोरिन्छन्। विचारजन्य नेतृत्वको अभावमा आन्दोलन कालान्तरमा विभाजित हुन्छ। नेतृत्वमा दृष्टिकोणको कमीले नयाँ प्रणाली निर्माण गर्न सक्दैन। इतिहासले अवसर त दिन्छ, तर त्यसलाई सम्हाल्ने शक्ति नहुँदा जनतालाले लामो समयसम्म सडकमा टिक्न पाउँदैनन्। आवेगको ऊर्जा क्रमशः रित्तिदै जान्छ। आन्दोलन सकिएपछि मानिसहरू आफ्ना दैनिकीमा फर्किन्छन्। खाली स्थान फेरि पुरानै शक्तिले कब्जा गर्छ। नेपालजस्तो भू–परिवेष्ठित र संवेदनशील भूगोलमा लोकप्रिय आन्दोलन सधैं छिमेकी शक्तिशाली मुलुकहरूको हितसँग गाँसिन्छ। आन्दोलनको भविष्यतिनको भूमिका निर्णायक हुन्छ। भ्रष्ट शासकवर्गले आन्दोलनलाई आफ्नो फाइदाकालागि मोड्छन् पनि।

जंगी अड्डाले कसलाई निम्तो दियो? स्टेकहोल्डर बनायो। नवनियुक्त प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा को–को गए? को–को गएनन्? त्यसपछिका प्रतिक्रियाहरू कसकसाका के के आए? किन र कारण सायद स्पष्ट छ — सत्ताले कसलाई अंगाल्ने र कसलाई पन्छाउने भन्ने निर्णय आवेगले होइन, रणनीतिले गर्छ।

भीड सजिलै भावनाले प्रभावित हुने हुँदा नियोजित प्रचार, अफवाह र भित्री घुसपैठमार्फत अदृश्य शक्तिले नियन्त्रण गर्छ। एजेन्सीहरूले नियन्त्रण र नियन्त्रण गरेर अपराधी शक्तिको प्रयोग गरेको आन्दोलनका आदर्शवादी जेनजीहरूले पत्तै पाएन्। लोकप्रिय आन्दोलनले पुरानो सत्ता हल्लाउँछ, ढाल्छ पनि। यो “बिजुली चम्केको झिल्का” जस्तो हुन्छ—क्षणभर अन्धकार चिर्छ, उज्यालो ल्याउँछ, तर स्थायी प्रकाश दिन भने सक्दैन। स्थायी परिवर्तन त्यतिबेलामात्र सम्भव हुन्छ जब आन्दोलनसँगै विचार, संगठन, वैकल्पिक संरचना र शक्ति–सन्तुलन पनि तयार हुन्छ। आन्दोलनकारी जेनजीहरूले आत्मसात गरेको कठोर सत्य यही हो—आवेगले भिड त सजिलै जम्मा गर्न सकिन्छ, तर भिडलाई दीर्घकालीन आन्दोलनमा फेर्न विवेक अपरिहार्य हुन्छ। आवेग केवल आगोको झिल्को हो; विवेकले मात्र त्यसलाई स्थायित्व दिन सक्छ। यही कारण ७२ वर्षीया सुशीला कार्की जेनजीहरूको लागि नैतिक आधारस्तम्भ बनिन्। भदौ २३ र २४ को यात्राको प्रारम्भिक ‘रिहर्सल’ भने चैत्र १५ गते तीनकुनेमै भएको थियो। त्यतिबेला राप्रपा र दुर्गा प्रसाईले आवेगलाई संगठनमा फेर्ने कोशिश गरेका थिए। प्रसाईलाई अहिले एउटा ‘स्टेकहोल्डर’ बनाएपछि खेलको स्वरूप स्पष्ट भयो — सडकमा चर्को नारा युवाहरूको थियो, तर नीतिगत अंकगणित भने पुरानै शक्तिहरूको हातमा थियो।

तर यहाँ एउटा सूक्ष्म तर गहिरो संकेत छ। जंगी अड्डाले कसलाई निम्तो दियो? स्टेकहोल्डर बनायो। नवनियुक्त प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा को–को गए? को–को गएनन्? त्यसपछिका प्रतिक्रियाहरू कसकसाका के के आए? किन र कारण सायद स्पष्ट छ — सत्ताले कसलाई अंगाल्ने र कसलाई पन्छाउने भन्ने निर्णय आवेगले होइन, रणनीतिले गर्छ। शक्ति सधैं विवेकको नाममा आफनो अनुकूल ‘स्टेकहोल्डर’ रोज्छ, र असहज पात्रलाई नदेखेजस्तै गर्छ। हरेक युगका जेनजीहरू नै नयाँ सुरुवातका वाहक हुन्। उनीहरू नआएको भए इतिहास सुतिरहन्थ्यो। अहिलेका वृद्ध–वृद्धा पनि आफ्ना समयका सपना बोकेका, विद्रोह गर्ने साहस गरेका, वा मौन प्रतिवाद गर्ने जेनजी नै थिए। उनीहरूले नै इतिहासको रेखा कोरे। उनीहरू विद्रोहका अगुवा, सिर्जनाका बाटो देखाउने, स्वप्नदर्शी, त्याग र आदर्शका प्रतीक थिए। समाज निर्माण दिने तिनीहरूले घनघोर अन्धकार चिर्न संकेत गरेका थिए। युगसँगै चेतना फेरिन्छ। सूचनाको प्रसारले सत्य र सुन्दरताको परिभाषा नै उल्टाइ दिन्छ। विकसित ज्ञान र नयाँ सूचनासँगै नयाँ विश्वास पलाएर थोत्रा मान्यताहरू ध्वस्त गर्छ। तर जुन विचार “डाइनोसोर” झैं समयसँगै फेरिदैनन्, इतिहासले त्यसलाई सजाय दिन्छ। युवाहरू भिडले लतारिए भने उनीहरूको प्रतिक्रान्तिका रूपमा उनीहरू तयार बन्न सक्छन्; भावनाको बन्दी बन्न सक्छन्। त्यस्तो बेला अपराधी शक्तिहरू उनीहरूको काँधमा बन्दुक राखेर अपराध र कुकर्म गर्ने अवसर पाउँछन्। विडम्बना के भने—अन्ततः नेतृत्व फेरि पुरानै पुस्ताको हातमा पुग्छ, र समयसँगै समाजका दिमागभित्र लुकेका कुरूप दृश्यहरू नाङ्गिँदै जान्छन्।

आवेगले भिड त सजिलै जम्मा गर्न सकिन्छ, तर भिडलाई दीर्घकालीन आन्दोलनमा फेर्न विवेक अपरिहार्य हुन्छ। आवेग केवल आगोको झिल्को हो; विवेकले मात्र त्यसलाई स्थायित्व दिन सक्छ। यही कारण ७२ वर्षीया सुशीला कार्की जेनजीहरूको लागि नैतिक आधारस्तम्भ बनिन्। भदौ २३ र २४ को यात्राको प्रारम्भिक ‘रिहर्सल’ भने चैत्र १५ गते तीनकुनेमै भएको थियो।

अब पार्टी, नेता र कार्यकर्ताको चर्चा गरौँ। जब पार्टी नेता भक्त हुन्छन्, कार्यकर्ताभक्त राममा फेरिन्छन् तब विचार र प्रतिगमनको प्रतिकार गर्ने नैतिक पुँजी उनीहरूसँग हराउँछ। तब मान्छे मानिस हुँदैन, केवल जैविक अस्तित्व मात्र रहन्छ। लोकतन्त्र भ्रष्टतन्त्रमा पतित भएपछि निराश जनता आक्रोशित हुन्छन्। त्यो आक्रोशले कुन परिणाम जन्माउँछ भन्ने उदाहरण देश आफैं बन्यो। जेनजी नाममा खेल्ने शक्तिहरू, राज्यको नसानसामा घुसेर राज्यको रक्तसञ्चार कब्जा गर्ने, भिडलाई नियन्त्रण गर्ने एजेन्सीहरूको भूमिका, र तिनलाई आधार दिने राजनीतिक दलको अहंकारमा आधारितले भेउ पाउन सकेनन्। जेनजीले धेरैको विश्वास र अहंकारका अग्ला पर्खाल भने भत्काइदिए। ज्ञानको अथाह सागरभित्र मुर्खताको असीम गहिराइ देखाइदिए। तन्त्र, मन्त्र, ज्योतिष, भगवानको भरोसा—यी सबै शक्तिहरूका सुरक्षाकवच मान्नेहरूको विश्वास अन्ततः ढल्यो। प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलहरी चढाएका थिए, तर पशुपतिले रक्षा गरेन। ज्ञानेन्द्र शाहलाई जस्तै भयो। शेरबहादुर देउवाले आफ्ना निर्णयहरू ज्योतिषसँग तादात्म्य गर्दा ती भविष्यवाणीय असफलताको हास्यास्पद स्मारक बने। सात पटक प्रधानमन्त्री बनेर गिनिजबुक्समानमा नाम लेखाउने शक्तिप्यासले छैटौंचोटी प्रधानमन्त्री बन्ने कल्पना गर्दा केपी ओलीका जायज–निजायज सबै कृत्य, कुकृत्य समर्थन गर्न पुगे। राजनीतिभाग्यले होइन, शक्ति र संरचनाले निर्धारण गर्छ भन्ने कुरा फेरि स्पष्ट भयो। जब अहंकार सत्तामा पस्छ, सुझावलाई शत्रु ठानिन्छ, सल्लाहलाई षड्यन्त्र ठानिन्छ, पार्टीभित्रै शत्रु खोजिन्छन्। योग्यताको मूल्य पैसाले र चाकरीले हुन्छ। न्यायपालिका, अर्धन्यायपालिका, ब्युरोक्रेसी—सबैमा ‘विश्वासपात्र’ नामका कठपुतली भरिन्छन्। तर यस्तो सुरक्षा वास्तवमै चौतर्फी शत्रु देख्ने, आफ्नै डरको परिणामस्वरूप उत्पन्न फोबिया मात्र होभन्ने कुरा सत्ताच्युति प्रधान मन्त्री ओलीजीले समीक्षा गर्दलान् त! बहुदलीय व्यवस्थाअसफल हुनुको कारण व्याख्यागर्ने महेन्द्रमाला पढेर हुर्किएका नेताहरू अहिले आफ्ना पछुतोका समीक्षा गर्दै होलान्। संकेतले चेत्ने मान्छे, परिणामले चेत्ने पशु। शक्ति, यौवन र सम्पत्ति—यी सबै चञ्चल हुन्छन्। तिनलाई स्थिर पार्ने प्रयास नदीमा पानी समातेजस्तो मात्र हुन्छ। बिटमार्दै गर्दा मिशेल फुको भन्छन्—वास्तविक सत्ता शुद्ध लोकतान्त्रिक संस्थाहरूमा हुन्छ र न्यायपालिका र जंगी अड्डामै केन्द्रित हुन्छ। निर्णायक क्षणमा “कालाकोटे” “खैराकोटे” जर्नेलहरुले नै अन्तिम शक्ति परिभाषित गर्छन्।

हेगेल भन्छन्—संस्थागत रूप केवल प्रतिरूप हो, सार अर्कै हुन्छ। यो नेपाली इतिहासको निरन्तरता हो—२०१७ सालमा महेन्द्रले गरेको कू सेनाको शक्ति र अदालतको वैधता मार्फत सम्भव भएको थियो। २०५८ को दरबार हत्याकाण्ड र त्यसपछिको आपतकाल पुनरावृत्ति थियो। आजकल लोकप्रिय आन्दोलन, जेनजीको उभार वा पार्टी विभाजन जस्ता घटनामा पनि अन्ततः पटाक्षेपमा टडकारो देखियो। लोकतन्त्रको विडम्बना यतिमै छ—जनता, सडक, संसद् सबैलाई प्रतिकात्मक वैधता उत्पादन गर्ने मेसिन जस्तो प्रयोग गरिन्छ, तर निर्णायक क्षणमा शक्तिखेलबाटै अनुमोदन हुन्छ। यस लोकप्रियतावादी आन्दोलनलाई ढाल बनाएर हाम्रो जस्तो भू–संवेदनशील भू–परिवेष्ठित देशमा एजेन्सीहरू सक्रिय हुन्छन् नै। भूमिका अब छिपाउन सकेनन्। चेतभया।

टिप्पणीहरू