पार्टीको भव्य भवन बनाउने प्रचण्डको घोषणा

पार्टीको भव्य भवन बनाउने प्रचण्डको घोषणा

जेनजी आन्दोलनपछि सैनिक सुरक्षामा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड सर्वाजनिक हुनुभएको छ । 

उहाँ आज पार्टी मुख्यालय पेरिसडाँडामा देखिनुभएको हो । जेन-जी आन्दोलनका क्रममा जलाइएको पार्टी कार्यालय अवलोकन गर्न उहाँ त्यहाँ जानुभएको बताइएको छ । 

त्यसक्रममा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ भवन बनाउने घोषणासमेत गर्नुभयो । देशभरका कार्यकर्ताको सहयोगमा भव्य भवन बनाउने उहाँको भनाइ छ । 

भदौ २४ गते जेन-जी प्रदर्शनकारीले सिंहदरबारमा आगो लगाउन थालेपछि नेपाली सेनाले प्रचण्डसहितका नेताहरूलाई सुरक्षित स्थानमा पुर्याएको थियो ।

तस्बिरहरु 


 

टिप्पणीहरू