प्रधानमन्त्रीको आग्रहमा डा. रुइतद्वारा असमर्थता व्यक्त

प्रधानमन्त्रीको आग्रहमा डा. रुइतद्वारा असमर्थता व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनेर सरकारलाई सहयोग पुर्याउन गर्नुभएको आग्रह वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले अस्वीकार गर्नुभएको छ । आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गर्न बिहान १० बजे डा. रुइत कार्यरत तिलगंगास्थित आँखा अस्पताल पुग्नुभएका प्रधानमन्त्रीले अहिलेको विशेष परिस्थितिमा सहयोग गर्न आग्रह गर्नुभएको बताइन्छ ।

करिब ४५ मीनेट भएको छलफलमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर मन्त्री बन्न नसक्ने अवस्थाको जानकारी गराउनुभएको छ । उहाँले आफू अस्पतालको काम र बिरामीलाई छाडेर सरकारमा जान नमिल्ने धरणा राख्नुभएको थियो ।

पछिल्लो समय जेन जी विध्वंशमा संलग्न हामी नेपाल नामक संस्थासँग डा.रुइत आवद्ध बारबरा फाउण्डेसनको निकटताबारे आलोचना भएपछि उहाँले त्यबारे स्पष्टिकरण दिनुभएको छ । हामी नेपाललाई अन्य धेरै व्यापारिक संघ संस्थाले आर्थिक सहयोग गरेका विवरणहरु बाहिर आइरहेका छन् ।

टिप्पणीहरू