एमालेलाई फर्काउन पूर्व नेताहरुको छलफल

एमालेलाई फर्काउन पूर्व नेताहरुको छलफल

जेन-जी विध्वंसपछि रक्षात्मक अवस्थामा पुगेको नेकपा एमालेलाई पुरानै अवस्थामा फर्काउनेबारे अखिलका पूर्व नेताहरूले सामुहिक छलफल गरेका छन् । 

हिजो काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएर उनीहरुले पार्टी पुनर्गठनका विविध सम्भावनाबारे संवाद गरेका हुन् । हिजोको छलफलबाट उठेका विषयलाई परिस्कृत गरी पुनः बृहत् छलफलपश्चात् निस्केका निश्कर्ष बुँदागत रुपमा तयार पार्ने र पार्टी नेतृत्वलाई हस्तान्तरण गर्ने पूर्वविद्यार्थी नेताको तयारी छ । 

त्यसअघि सबै कमरेडहरुलाई मनमा लागेका कुरा लेखी पठाउन आह्वान गरिएको छ । जेन-जी आन्दोलनको कारण,प्रभाव र यसले उठाएका मुद्दा, भदौ २३ गते स्कूले विद्यार्थीमाथि भएको अन्धाधुन्द गोली प्रहार,भोलिपल्टको ध्वंसात्मक गतिविधि र तत्पश्चातका विकासक्रमबारे सुझाव पेश गर्न भनिएको छ । 

त्यस्तै,भूराजनीति र यसको प्रभाव,अब कसरी अगाडि बढ्ने ? राज्यको नीति कस्तो बनाउने ? विचार र आन्दोलनमाथिको चुनौती कसरी सामना गर्ने ? र,यी सबै काम गर्न कस्तो नेतृत्व चाहिन्छ र कसरी बनाउने ? भन्ने विषयमा अनौपचारिक सुझाव संकलन गरिने छ ।

टिप्पणीहरू